कोभिड-१९ {अपडेट}

दैलेखमा कोरोनाले मृत्यु भएका परिवारका सदस्‍यको परीक्षणै भएन

जेठ २१, २०७७

    काठमाडौं : दैलेखमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको परिवारका सदस्‍यहरूको अहिलेसम्म पनि कोरोना परीक्षण हुन सकेको छैन । जेठ १७ गते दैलेखको दुल्लु नगरपालिकास्थित पटाङ्गीनी क्वारेन्टाइनमा रहेका वडा नम्बर ११ का पुरुषको मृत्यु भएको थियो।

    भारतबाट घर फर्केका उनको क्वारेन्टाइनमा बसेको ८ दिनमा मृत्यु भएको थियो। क्वारेन्टाइनमा रहेका बेला उनको परिवारका सदस्य भेटघाटका लागि पुगेका थिए। मृतकका परिवारमा श्रीमती, एक छोरा, एक छोरी र बुबाआमा गरी ६ सदस्‍य रहेका छन्।

    उनको मृत्यु भएपश्चात परिवारका सदस्यले कोरोनाको परीक्षण गरिदिन माग गरे पनि अहिलेसम्म उनीहरूको स्वाब संकलन नभएको वडाअध्यक्ष खगेन्द्र थापाले जानकारी दिए। 'मृतकका परिवारले कोरोनाको जाँच गरिदिन माग गरेका थिए', उनले भने, 'हामीले नगरपालिकालाई जानकारी गराएका थियौं तर अहिलेसम्म पनि कुनै परीक्षण हुन सकेको छैन।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]