समाज : सुरक्षा/अपराध

ताप्लेजुङका दुई सहायक वन अधिकृत घुससहित पक्राउ

जेठ २१, २०७७

    ताप्लेजुङ : डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक-एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। 

    उनीहरुले सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक÷पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो। सोही सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक÷एक लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगको कार्यालय, ईटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए। 

    ‘हाम्रो टोलीले घुससहित बेलुका दुई सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएर इटहरी ल्याउँदै छ,’ उनले भने, ‘नियन्त्रणमा लिएका दुवैजनालाई थप अनुशन्धानका लागि काठमाडौं पठाउँछौँ।’ सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको बताइएको छ।

वसन्त लिम्बू

लिम्बू थाहा खबरका ताप्लेजुङ समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]