कोभिड-१९ {अपडेट}

कोरोना कहर : शनिबार मात्रै २३४ जना नयाँ संक्रमित भेटिए

पछिल्लो पटक कालिकोटमा १७ र सल्यानमा २५ पुष्टि

जेठ १७, २०७७

    काठमाडौं : गत माघमा नेपालमा पहिलो पटक देखिएको कोरोना भाइरस शनिबार दुई सयभन्दा धेरैमा देखियो। शनिबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८९ जना नयाँ संक्रमित भेटिएको जनाएको थियो। अघिल्ला तीन दिन सयको दरले देखिएको कोरोना शनिबार २३४ लाई देखिएको हो। 

    कर्णालीमा थपिएपछि शनिबार रातिसम्म यो संख्या बढेर २३४ पुगेको छ। पछिल्लो पटक पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। त्यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा १९ जना नयाँ संक्रमित थपिएका थिए।

    सल्यानमा २५ जना थपिए 

    कर्णाली प्रदेश कोरोना भाइरसको नयाँ इपि सेन्टर बनेको छ। शनिबार रातिसम्म कर्णालीमा कोरोना संक्रमितको संख्या १०५  पुगेको छ। यता शनिबार दिउँसोसम्म देशभर संक्रमितको संख्या १४०१ थियो। तर पछिल्लो पटक सल्यानमा २५, कालिकोटमा १७, बाजुरामा १, दैलेख र सुर्खेत १/१ जनासहित थपिएपछि देशभर संक्रमितको संख्या १४४६ पुगेको छ। 

    कर्णाली सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शिक्षा महाशाखाले दिएको जानकारी अनुसार कर्णालीका शनिबार रातिसम्म संक्रमितको संख्या १०५ पुगेको हो। 

    महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार पछिल्लो पटक पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ।

    उक्त केन्द्रमा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका मात्रै २५ जना नयाँ संक्रमित पुष्टि भएका छन्। कँडेलका अनुसार बनगाड कुपिन्डे नगरपालिका-१,२, ३, ४, ६ र ७ नम्बर वडाका २५ जनामा कोरोना पुष्टि भएको हो। 

    संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका-१ का १९, २०, ४० ६० वर्षीय पुरुष, वडा नं. २ का १९ वर्षीय पुरुष, वडा नं. ३ का १७, २७, २७, ३८, वडा नं. ४ का १८, ३३, ४४ वर्षीय पुरुष छन्। 

    यस्तै वडा नं. ६ का ११, १६, १८, १९, २०, २१, २१, २१, २५, २८, ३० र ३६ वर्षिय पुरुष तथा वडा नं. ७ का ३८ वर्षीय पुरुष रहेका छन्।  संक्रमित सबै क्‍वारेनटाइनमा बस्दै आइरहेका छन्। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय ५ पुगेको छ। 

    सुर्खेतमै गरिएको परीक्षणमा सुर्खेतको बराहताल गाउँपालिका-९ का एकजनामा कोरोना पुष्टि भएको छ। 

    शनिबार नै दैलेखको दुल्लु नगरपालिकान-११ का ४० वर्षीय एक पुरुषको मृत्यु भएको थियो। गम्भीर बिरामी परेका उनको उपचार अभावमा क्‍वारेन्टाइनमै ज्यान गएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनको ज्यान गएपछि कोरोना पुष्टि भएको थियो।

    कालिकोटमा १७ जना संक्रमित 

    जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा शनिबार साँझ १९ जना नयाँ संक्रमित थपिएका थिए। शनिबार साँझ थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशभर संक्रमितको संख्या २०८ पुगेको थियो। त्यसअघि स्वास्थ्यमन्त्रालयले शनिबार दिउँसो १८९ को पुष्टि गरेको थियो। 

    शनिबार साँझ थपिएका १९ जनामध्ये शुभगाउँपालिका-५ कालिकोटका १९ वर्षीय पुरुष, त्यही ठाउँका ५० वर्षीय पुरुष, २६ वर्षीय पुरुष शुभकालिका गाउँपालिका-४ का २० वर्षीय पुरुष, २२ वर्षीय पुरुष, महाबै गाउँपालिका-२ का ४२ वर्षीय पुरुष, महाबै-७ का ५२ वर्षीय पुरुष, महाबै-२ का २१ वर्षीय पुरुष, शुभकालिका-५ कालिकोटका २१ र ४० वर्षीय पुरुष रहेका छन्। 

    यस्तै कालिकोटकै शुभकालिका-५ का २२ वर्षीय पुरु शुभकालिका-५ का २४ वर्षीय पुरुष शुभकालिका-४ का २० वर्षीय पुरुष शुभकालिका-५ कालिकोटकै ३५ वर्षीय पुरुष शुभकालिका-५ का २२ वर्षीय पुरुष, महाबै-५ का २० वर्षीय पुरुष र महाबै-७ का ३३ वर्षीय पुरुष रहेका छन्। 

    शनिबारै मुत्यु भएका दैलेखको दुल्लु नगरपालिका-११ का एकजना र बाजुराका एकजनासहित कर्णाली स्वास्थ्य विज्ञान प्रष्तिठान जुम्लाको प्रयोगशालामा शनिवार साँझ १९ जनामा कोरोना पुष्टि भएको हो।

    शनिबार अन्त कहाँ भेटिए? 

    शनिबार दिउँसो १८९ जना संक्रमित पुष्टि भएको थियो। जसमा १८५ जना पुरुष थिए भने ४ जना महिला थिए।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका थिए। 

    जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका थिए।

    त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी थिइन्। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका थिए।  

    प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका थिए। जसमा २६ जना कपिलवस्तुको यशोधराका रहेका थिए।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको थियो। उनीहरु सबै सप्तरीका रहेका हुन्। जसमा ८ पुरुष र एकजना महिला रहेका थिए। 

    राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा दाङ गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। जहाँ विजयनगर कपिलवस्तुका ३ जना रहेका छन्। त्यस्तै हापुरे दाङका १ जना ३० वर्षीय पुरुष संक्रमित भेटिएका थिए। बगलाचुली दाङका ३ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको थियो।  

    नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीनजना संक्रमण पुष्टि भयो। त्यहाँ बाराका १ जना पुरुष र पर्सा पर्सौनीका २ जनामा संक्रमण पुष्टि भएको हो। पर्साका एक पुरुष र एक महिला संक्रमित पुष्टि भएका हुन्।  

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला शनिबार दिउँसो १४ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरु सबैजना दैलेखमा थिए। कोशी अस्पताल बिराटनगरमा २ जनामा पुष्टि भएको थियो। संखुवासभाका दुई पुरुषमा कोरोना देखिएको थियो।

    शनिबार यसअघि १९४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ थपिएका १९ जनासहित नेपालमा कोरोना संक्रमतिको संख्या १४ सय ४६ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]