कोभिड-१९ {अपडेट}

विश्वमा ५५ लाख संक्रमित, अमेरिकामा ९९ हजार भन्दा धेरैको मृत्यु

जेठ १२, २०७७

    काठमाडौं : विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५५ लाख नजिक पुगेको छ।  वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५४ लाख ९४ हजार ४ सय ६४ जनामा संक्रमण भेटिएको हो।  

    सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा अमेरिका पहिलो स्थानमा छ। त्यहाँ १६ लाख ८६ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ब्राजिलमा ३ लाख ६३ हजार ६ सय १८, रुसमा ३ लाख ४४ हजार ४ सय ८१, बेलायतमा २ लाख ६० हजार ९ सय १६, स्पेनमा २ लाख ८२ हजार ८ सय ५२, इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

    विश्वभर ३ लाख ४६ हजार ४ सय ३४ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।  सर्वाधिक मृत्यु हुने देशको सूचीमा पनि अमेरिका नै अघि छ। त्यहाँ ९९ हजार  ३ सयजनाको मृत्यु भइसकेको छ। 

    त्यस्तै, बेलायतमा ३६ हजार ८ सय ८५, इटालीमा ३२ हजार ७ सय ५८, स्पेनमा २८ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ। विश्वभर २२ लाख ९९ हजार ३ सय ४५ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।  तीमध्ये अमेरिकामा ४ लाख ५१ हजार ७ सय २ जना निको भइसेको छन्। 

    नेपालमा पनि संक्रमितको संख्या ६ सय ८ पुगेको छ। आइतबार नुवाकोटामा पनि संक्रमित भेटिएसँगै देशका ४२ जिल्लामा संक्रमण फैलिएको छ। संक्रमितमध्ये १ सय ५ जनामा अहिले संक्रमणमुक्त भएका छन्। नेपालमा ३ जनाको भने कोरोना संक्रमणपछि मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]