कोभिड-१९ {अपडेट}

कोरोनालाई जितेर घर फर्किनेको संख्या ८७ पुग्यो

६०३ संक्रमित, तीनजनाले ज्यान गुमाए

जेठ ११, २०७७

    काठमाडौं : नेपालमा कोरोना भाइरसलाई जितेर घर फर्किनेहरुको संख्या ८७ पुगेको छ। कूल ६०३ संक्रमितमध्ये ८७ जनाले उपचारपछि कोरोनालाई जितेर घर फर्किएका हुन्। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्‍जबाट ७ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका हुन्। 

    आइतवार मात्रै १९ जना नयाँ संक्रमति भेटिएसँगै संक्रमितको संख्या ६०३ पुगिसकेको छ। वीरगञ्जमा निको भएर संक्रमितलाई नारायणी अस्पतालले बिदाइ गरेको छ। नेपालमा कोरोनाबाट हालसम्म गुल्मी, बाँके र सिन्धुपाल्चोकमा दुई पुरुष र एक महिलाले ज्यान गुमाएका छन्। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]