कोभिड-१९ {अपडेट}

सर्लाही घर भई बारामा कार्यरत प्रहरीमा कोरोना संक्रमण

जेठ ११, २०७७

    बारा : बारामा कार्यरत थप एक जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षकलाई कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

    उनीसँगै कोरोना संक्रमित प्रहरीको संख्या दुई पुगेको छ। यसअघि जिप्रकाको मुद्दा फाँटमा कार्यरत एक प्रहरी जवानलाई संक्रमण देखिएको थियो। उनी रौतहटका हुन्। 

    बारामा कोरोना संक्रमितको संख्यामा १३ पुगेको छ। संक्रिमित दुई जना भने उपचारपछि निको भएर शनिबार घर फर्किएका छन्। जिल्लामा सबैभन्दा बढी सिम्रौनगढमा संक्रमित भेटिएका छन्। सिम्रौनगढका ७ जना, जिप्रका कलैयामा कार्यरत दुई जना, करैयामाईमा दुई जना, जितपुरसिमरा उपमहागर र विश्रामपुर गाउँपालिकामा एक÷एक जना संक्रमित फेला परेका छन्।

    संक्रमित ११ जनाको जिल्ला अस्पताल कलैयामा र एक जनाको वीरगन्जमा उपचार भइरहेको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]