राजनीति

'जसले अर्थतन्त्र धानिदिए उसैलाई विदेशमा अलपत्र छाड्दैछ सरकार'

फाइल फाेटाे
जेठ ७, २०७७

    काठमाडौं : प्रमुख प्रतिपक्ष दलका युवा नेता प्रदीप पौडेलले सरकारलाई 'याे कसको सरकार' भनी प्रश्न गरेका छन्। पौडेलले सामाजिक सञ्‍जाल ट्वीटरमार्फत लेख्दै संकटको बेलामा पनि सरकारले विदेशमा रहेका नेपालीलाई अलपत्र छोड्न लागेको आरोप लगाएका हुन्। 

    ‘जसले पसिना र आँसु दुवै बगाएर संकटग्रस्त अर्थतन्त्र धानिदिए, आज सरकार तिनैलाई विदेशमा अलपत्र छाड्न खोज्दैछ’ उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले हिजोको सम्बोधनमा प्रवासमा रहेका नेपालीलाई कोरोना फैलाउन आउने भन्ने ढंगले प्रस्तुत गर्नुभयो। नागरिकप्रति कुनै दायित्व नभएको यो सरकार कसको हो।’

    नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई तत्कालै नेपाल ल्याएर परीक्षण गरेर क्वारेन्टाइनमा राख्न सरकारलाई दबाब दिँदै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]