कोभिड-१९ {अपडेट}

गुल्मीका कोरोना संक्रमितको मृत्युबारे अस्पतालले पुष्टि गर्न बाँकी

जेठ ७, २०७७

    गुल्मी :  गुल्मीका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको भनिए पनि अस्पतालले आधिकारिक पुष्टि गर्न बाँकी छ। जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोदहका ४१ बर्षिय पुरुषको बुटबलको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ। 

    अस्पतालमा जेठ एक गतेदेखि उपचार गराइरहेको उनको सोमबार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

    उनमा विगत लामो समयदेखि जन्डिस र निमोनियाको समस्या देखा परेको मदाने गाउँपालिकाका स्थानीयहरुले बताउँदै आएका छन्।  उनको अवस्था गम्भीर भएपछि विगत तीन दिनदेखि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

    उनमा कोरोना पुष्टि भएसँगै मंगलबार उनको परिवार र उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका ३० जना व्‍यक्तिहरुको स्वाब संकलन गरी  परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही  पठाइएको छ। उनी लामो समयदेखि स्थानीय विद्यालयमा शिक्षण पेशामा संलग्न थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]