कोभिड-१९ {अपडेट}

गुल्मीका संक्रमितको परिवारसहित ३० जनाको स्वाब संकलन

जेठ ६, २०७७

    गुल्मी : गुल्मीको मदाने गाउँपालिकामा कोरोना संक्रमण  देखिएकाको परिवार र सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ। 

    मदाने गाउँपालिका ६ का ४१ वर्षीय पुरुषमा सोमबार भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोराना भएको पाइएको थियो। स्वास्थ्य कार्यालय गुल्मीबाट गएको टोलीले ३० जनाको स्वाब संकलन गरेको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए। 

    संकलन गरिएको स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देही भैरहवामा परीक्षणका लागि पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए। 

    कोरोना भएको पुष्टि भएसँगै मदाने गाउँपालिकालाई सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म सिल गरिएको छ। योसँगै गुल्मी अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने गरिएकोे जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।   

    क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर संक्रमित यवकको उपचार भइरहेको अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]