खेलकुद

१३औं सागमा पदक दिलाउने प्रशिक्षकले पाए एक करोड ८६ लाख

जेठ ५, २०७७

    काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने नेपाली खेलाडीको प्रशिक्षकले नगद पुरस्कार पाएका छन्।

    युवा तथा खेलकुद मन्त्रालयले नेपाललाई पदक जिताउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा रकम जम्मा गरिदिएको जनाएको छ। प्रशिक्षकहरुले पुरस्कारवापत १ करोड ८६ लाख रुपैयाँ पाएका छन्।

    यसअघि पदक जित्ने ४३५ खेलाडीको लागि १९ करोड ५३ लाख मन्त्रालयले सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिदिएको थियो। तर कतिपय प्रशिक्षकको पेश्की फर्छ्यौट नभएको भन्दै उनीहरुलाई नगद पुरस्कार दिइएको थिएन।

    सागमा स्वर्ण जित्ने खेलको प्रशिक्षकले ५ लाख, रजत जित्नेले ३ लाख र कास्य जित्ने २ लाख रुपैयाँ पुरस्कार पाएका छा्। यस्तै स्वर्ण जित्ने खेलका सहायक प्रशिक्षकले ३ लाख, रजत जित्नेले २ लाख र कास्य जित्नेले १ लाख रुपैयाँ पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]