विश्व

विश्वमा काेरोनाका कारण मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, अमेरिकामा एकै दिन १३ सय भन्दा बढीको मृत्यु

चैत २२, २०७६

    काठमाडौं : कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९ हजार १ सय ३१ पुगेको छ।  

    शनिबार बिहानको तथ्यांक अनुसार विश्वभर कुल १० लाख ९७ हजार ९ सय ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, २ लाख २५ हजार ७ सय ९६ जना उपचारपछि निको भएका छन्।  विश्वमा एकैदिन कोरोना भाइरस संक्रमण साढे ८२ हजार भन्दा बढीमा भएको पाइएको छ। यो भाइरसबाट एकैदिन करिब ६ हजारको मृत्यु भएको छ।

    सबैभन्दा बढी बिरामी र मृत्यु हुनेको संख्या अमेरिकामा देखिएको छ। अमेरिकामा शुक्रबार एकैदिन ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको थियो भने १ हजार ३ सय २० जनाको मृत्यु भएको छ। 

    इटालीमा शुक्रबार थप ४ हजार ५ सय ८५ जनामा कोरोना भाइरस देखिएको छ। सोही दिन इटालीमा ७ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। स्पेनमा शुक्रबार ७ हजार १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ सय ५० जनाको मृत्यु भएको छ।

    जर्मनीमा शुक्रबार ६ हजार ३ सय ६५ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन जर्मनीमा कोरोना संक्रमणका कारण १ सय ६८ जनाले ज्यान गुमाएका छन्। चीनमा शुक्रबार ३१ जनामा मात्र कोरोनाको नयाँ संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ।

    फ्रान्समा ५ हजार २ सय ३३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन्। सोही दिन त्यहाँ १ हजार १ सय २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। इरानमा शुक्रबार कोरोनाका कारण १ सय ३४ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय १५ जना नयाँ संक्रमित थपिएका छन्।

    बेलायतमा शुक्रबार नयाँ ४ हजार ४ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ । सोही दन बेलायतमा ६ सय ८४ जनाको मृत्यु भएको छ। टर्कीमा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट ६९ जनाको मृत्यु हुनुका साथै थप २ हजार ७ सय ८६ जनामा संक्रमण देखिएको छ।

    स्वीट्जरल्याण्डमा शुक्रबार नयाँ ७ सय ७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ। सोही दिन त्यहाँ कोरोनाका कारण ५५ जनाले ज्यान गुमाएका छन्।

    शुक्रबार बेल्जियमा १ हजार ४ सय २२, नेदरल्याण्ड्समा १ हजार २६, क्यानाडामा १ हजार ९२, ब्राजिलमा १ हजार १ सय ५० जनामा कारोनाको संक्रमण देखिएको छ। सोही दिन कोरोना भाइरस संक्रमणका कारण बेल्जियममा १ सय ३२, नेदरल्याण्ड्समा १ सय ४८, क्यानडामा ३५ र ब्राजिलमा ३९ जनाको मृत्यु भएको छ। बाँकीको मृत्यु र बिरामी अन्य देशमा थपिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]