राजनीति

'प्रधानमन्त्रीको मुटुको धड्कन बढेको थियो, अहिले ठीक भइसक्यो'

चैत १४, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको धड्कन बढ्ने समस्या देखिएकाले अस्पताल लानु परेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। 

    मुटुको धड्कन बढेपछि बिहीबार राति नै प्रधानमन्त्रीलाई मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको उनले बताएका छन्। थापाले चिकित्सकको निगरानी र स्वास्थ्योपचारपछि प्रधानमन्त्रीको अवस्था सामान्य भइसकेको उल्लेख गरेका छन्।

    'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राति मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छ', थापाले भनेका छन्, 'प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले बताउनुभएको छ।'

    प्रधानमन्त्रीलाई असहज महसुस भएपछि बिहीबार राति ११ बजेको समयमा सरकारी निवास बालुवाटारबाट मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको थियो।

    टाउको दुख्ने र शरीरलाई असहज महसुस भएपछि उनलाई विहीबार राति नै मनमोहन पुर्‍याइएको थियो। परीक्षणका क्रममा उनको मुटुको धड्कन गडबडी पाइएपछि चिकित्सकले निगरानीमा राखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]