छापा

सहयोग सामग्री बोकेर नेपाल आउँदै चिनियाँ विमान

चैत ११, २०७६

    काठमाडौं : कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामग्री सहित चिनियाँ विमान आउने भएको छ। 

    विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। त्यही स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो। विमान भोली सम्ममा नेपाल आइपुग्ने छ ।

    परराष्ट्र मन्त्राललाई उद्धृत गर्दै नेपाल समाचार पत्र दैनिकले छापेको समाचार अनुसार चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको हो। 

    नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो। 

    सोमबार मात्रै चिनियाँ राजदूत होउ यान्कीले यो संकटको बेलामा नेपाल एक्लै नरहेको बताउँदै चीन सदैव साथमा रहेको उल्लेख गरेकी थिइन्। उनले नेपालका लागि आवश्यक सहयोग सामाग्री पठाउने तयारी भइरहेको जनाएकी थिइन्। 

    चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउने भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमान मंगलबारसम्म काठमाडौं विमानस्थलमा अवतरण गर्ने छ। 

    नेपालले चीनसँग १९ थरी स्वास्थ्य सामाग्री मागेको छ। जसमा मोबाइल एम्बुलेन्स, मास्कदेखि कोरोना भाइरस जाँच्ने किटसम्म छन्। सरकारले भारतसँग पनि १६ थरी स्वास्थ्य सामाग्री मागेको छ। तर भारत आफैँ कोरोना भाइरससँग जुधिरहेकाले दिने नदिने टुंगो हुन बाँकी छ। 

    चीनले गत डिसेम्बरदेखि वुहानबाट फैलिएको कोरोना भाइरसको महामारी आफ्नो देशमा नियन्त्रण भइसकेको जनाएको छ। उसले अहिले इटाली, स्पेन, सर्बिया जस्ता देशमा पनि आफ्नो सहयोग केन्द्रित गरेको छ। त्यहाँ औषधि र मास्क बोकेका जहाज र चिनियाँ स्वास्थ्यकर्मीका टोली धमाधम उत्रिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]