समाज

सर्लाहीका सबै सीमा नाका 'सिल', पूर्वपश्‍चिम राजमार्ग सुनसान

चैत १०, २०७६

    सर्लाही : भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाका ‘सिल’ गरिएको छ। भारतको सोनवर्षा तथा सीतामाढी जाने नाका सोमबार बिहानदेखि सुनसान बनेको छ। अत्यावश्यक सामान ढुवानीबाहेक अन्य आवतजावतमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए। 

    सोमबार १० बजेबाट भारतीय सीमासँग जोडिएका १५ वटै नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विश्वमणि पोखरेलले बताए। १५ वटा नाकामध्ये हिजो आइतबारदेखि स्थानीय प्रशासनले दुई वटा नाका भएर मात्र आवतजावत गर्न अनुमति दिएको थियो। सदरमुकामस्थित मलंगवा तथा पश्चिमी बलरा नगरपालिकाको लक्ष्मीपुर नाका खुलाइएको थियो। तर सोमबारबाट भने ती दुई नाका पनि सिल गरिएको छ।

    सोमबारबाट लामो दूरीका सार्वजनिक यातायात नचल्दा पूर्वपश्चिम मार्ग पनि सुनसानजस्तै देखिएको छ। जिल्लाका २० वटै स्थानीय तहले शैक्षिक संस्था, हाटबजार, सिनेमा घर, भीडभाड हुने ठाउँमा सूचना निकालेर बन्द गरेको छ। जिल्लाका मलंगवा, लालबन्दी, हरिवन, बरहथवा, बयलवास, लगायतका बजार सुनसान बनेका छन्। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]