अर्थ

माथिल्लो तामाकोशी निर्माणमा छैन कोभिड-१९ को असर

चीनबाट आउने मजदुर १५ दिन क्‍वारेन्टाइनमा

चैत ९, २०७६

    काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) ले विश्वलाई आक्रान्त बनाएपनि माथिल्लो तामाकोशी आयोजना निर्माणमा भने यसको असर देखिएको छैन।

    आगामी असार मसान्तमा सम्पूर्ण परीक्षणको काम सक्ने तयारीका साथ राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशीको काम अघि बढिरहेको छ। आयोजनामा चिनियाँ ठेकेदारहरु र कामदार कार्यरत रहेपनि काममा कुनै समस्या नआएको आयोजनाले जनाएको छ। 

    आयोजना प्रमुख विज्ञान श्रेष्ठले चिनियाँ ठेकेदारका कारण कुनै समस्या नदेखिएको बताउनुभयो। चीनबाट फर्केकाहरुलाई १५ दिन क्‍वारेन्टाइनमा राखेपछि मात्रै काममा संलग्न गराइएको उल्लेख गरे।

    उनले आयोजनाको काम तीव्र गतिमा अगाडी बढिरहेको बताएका छन्। ‘चीनबाट फर्केकाहरुलाई १५ दिन क्‍वारेन्टाइनमा राखेर काममा फर्काइएको छ। थोरै समस्या कन्सल्ट्याण्टहरुबाट भएको छ', उनले भने, 'युरोपमा कोरोनाको प्रभाव बढी छ अहिले अनलाईनबाट भएपनि उहाँहरुले काम गरिरनुभएको छ। त्यो वातावरण मिलाएका छौँ।'

    आयोजना अनुगमनका लागि आइतबार निर्माणस्थलमा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोशीको काम सन्तोषजनक भइरहेको बताएका छन्। 

    आयोजनाको स्थलगत निरीक्षणपछि मन्त्री पुनले निर्धारित समयमै सम्पन्‍न गर्नेगरी काम अघि बढेको बताएका हुन्। ‘निर्धारित समयमै पुरा गर्ने संकल्पका साथ काम भइरहेको छ', उनले भने, 'ड्यामको परीक्षण भइरहेको छ। यसमा सफलता पनि मिलेको छ।’ 

    मन्त्री पुनले आगामी वर्षबाट विद्युत् उत्पादनसँगै निर्यात गर्ने अवस्थमा पुगिने बताए। सरकार आयोजना समयमै सम्पन्‍न गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उल्लेख गर्दै उनले यो जिम्मेवारी पूरा गरी छाड्ने बताए। 

    नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अहिलेसम्म गरिएका सबै परीक्षणहरु सफल भएको बताएका छन्। ड्यामको परीक्षण सकिएपछि केही मर्मत गर्नुपर्ने अवस्थामा पानी फालिने उनले बताए। असार मसान्तसम्म काम सक्ने लक्ष्य लिइएको उनले बताए। 

    राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन क्षमता ४ सय ५६ मेगावाट हो। नेपाली लगानी र नेपाली प्रविधिबाट बनिरहेको बहुप्रतिक्षित आयोजनाको काम केही समय भूकम्पका कारण पर धकेलिएको थियो। पछिल्लो समयमा भारतीय कम्पनी टेक्सम्या एण्ड इन्जिनियरिङका कारण काममा ढिलाई भएको हो। 

    हाइड्रोमेकानिकल वर्क्सको जिममा लिएको टेक्सम्याले सन्तोषजनक काम गर्न सकेन्। केही समय डिजाईन परिवर्तन गरेका कारण पनि निर्माणमा ढिलाइ भएको थियो। 

    आर्थिक वर्ष २०७३\०७४ मा निर्माण सम्पन्‍न गर्ने लक्ष्य राखिएपनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको आयोजना २०७५ असारमा सम्पन्‍न गर्ने लक्ष्य राखिएको थियो।

    त्यस समयमा पनि निर्माण सम्पन्‍न हुन सकेन्। विभिन्‍न युनिटमा काम भइरहेको आयोजनाको असार मसान्तमा एक युनिटको मात्रै काम सम्पन्‍न गरेर भएपनि परीक्षण गर्ने लक्ष्य लिइएको छ। 

    आइतबार ऊर्जामन्त्री पुन, प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ र योजना आयोगका उपाध्यक्ष लगायत अन्य सरकारी अधिकारीहरुले आयोजनाको निरीक्षण गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]