छापा

सेना र प्रहरीको सुडान मिसन रोकियो

चैत ५, २०७६

    काठमाडौं : विश्वभर कोरोना संक्रमण फैलिँदै गएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त राष्ट्र संघअन्तर्गतको सुडान मिसन तत्कालका लागि स्थगित भएको छ।

    संयुक्त राष्ट्र संघअन्तर्गतको मिसनमा साउथ सुडान जान लागेका १७ जना प्रहरी र नेपाली सेनाका ७ सय सैनिकको मिसन यात्रा कोरोना संक्रमणका कारण तत्कालका लागि रोकिएको छ। 

    प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले साउथ सुडान जान तयारी अवस्थामा रहेका १७ जना प्रहरीको मिसन यात्रा तत्कालका लागि स्थगित भएको बताएको खबर राजधानी दैनिकमा छ।

    संयुक्त राष्ट्र संघको हेडक्वार्टरबाट तत्कालका लागि नपठाउनु भन्ने पत्र आएपछि मिसन यात्रा रोकिएको थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]