समाज

६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जना पक्राउ

फागुन ५, २०७६

    काठमाडौं : अमेरिका जान भिसा प्रोसेसका लागि बैंक ब्यालेन्स देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट प्रहरीले पक्राउ गरेको छ।

    आइतबार बेलुका पक्राउ पर्नेहरूमा बागलुङको बागलुङ नगरपालिका २ पयुपाटा  कुँवर टोल घर भइ ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन्। 

    काठमाडौं तार्केश्‍वर नगरपालिका २ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारेका थिए।कुँवरले आफ्नो बैंक खातामा ६० लाख रुपैयाँ राख्न लगाएर भोलिपल्टै बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतिपत्र राखी रकम निकालेका थिए।

    रकम ठगी गरी सम्पर्कविहीन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिइ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]