खेलकुद

रेड हर्ष इलामले उचाल्यो कचनकवल गोल्डकपको उपाधि

फागुन ५, २०७६

    भद्रपुर : तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि रेड हर्ष फुटबल क्लब इलामले उचालेको छ।

    कचनकवल गाउँपालिका ६ स्थित बनियानी खेल मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्याइज क्लव ललितपुरलाई शून्यकाविरुद्ध दुई गोल अन्तरले पराजित गर्दै रेड हर्ष इलामले उपाधि उचालेको हो।

    उपाधि उचालेसँगै रेड हर्ष इलामले नगद एक लाख ५० हजारसहित शिल्ड तथा प्रमाणपत्र पाएको छ। उपविजेतामा सिमित बनेको चर्च ब्याइज क्लवले नगद एक लाखसहित शिल्ड तथा प्रमाणपत्र पाएको छ। उपाधि आफ्नो पोल्टामा पार्न पहिलो हाफमा दुवै टिमले आक्रामक खेल खेलेका थिए। तर पहिलो हाफ गोलरहित बन्यो। दोस्रो हाफको ४६ औं मिनेटमा रेड हर्ष इलामले गोल गर्दै अग्रता लियो। इलामको तर्फबाट किस्मत राईले गोल गरे।

    खेलको ६९ औं मिनेटमा मनिष थापाले इलामको तर्फबाट थप एक गोल गरे। प्रतियोगिताको म्यान द सिरिज चर्च ब्याइजका रोशन सुब्बा, उत्कृष्ट गोलकिपर इलामका सौरभ सुवेदी र उत्कृष्ट गोलकर्ता इलामका किस्मत राई घोषित भए। उनीहरूलाई ट्रफि प्रदान गरिएको थियो।

    बनियानी युवा क्लबका अध्यक्ष हरि बस्नेतको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा प्रदेश सांसद वसन्त बानियाँ, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, ६ नम्बर वडा अध्यक्ष कुलबहादुर कार्कीलगायतले मन्तव्य राख्दै खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकामा आधुनिक स्तरको रंगशाला स्थापना गर्नुपर्ने बताए।

    स्वागत मन्तव्य क्लबका उपाध्यक्ष दिलबहादुर कार्कीले राखेको कार्यक्रमको सञ्चालन क्लबका सचिव शिवप्रसाद गुरुङले गरेका थिए। यता प्रतियोगिता सफल बनाउने विभिन्न सहयोगी दातालाई प्रशंसा पत्रले सम्मान समेत गरिएको थियो।  

    भ्रमण वर्षमा नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको क्लबका सल्लाहकार संयोजक रत्नकुमार बुढाथोकीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]