अर्थ

एक वर्षमा एडिबीले नेपालमा खर्चियो साढे ३५ अर्ब रुपैयाँ

समन्वयनमा धेरै समय खर्चन परेको गुनासो

फागुन ५, २०७६

    काठमाडौं : एशियाली विकास बैंक (एडिबी) ले पछिल्लो एक वर्षमा नेपालमा ३५ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेको जनाएको छ। सोमबार गरिएको एडिबीको समीक्षा बैठकमा यस्तो जानकारी गराइएको हो।

    एडिबीका अनुसार सन् २०१९ मा ३२ करोड ३७ लाख अमेरिकी डलर खर्च भएको छ। एक अमेरिकी डलरलाई ११० रुपैयाँ आधार मान्दा ३५ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी हुन्छ। एडिबीले सन् २०१९ विगतका वर्षभन्दा ठूलो मात्रामा रकम खर्च गर्न सकेको भन्दै यो वर्षको खर्चलाई ऐतिहासिक खर्चका रुपमा लिएको छ। यो अवधिमा पुनर्निर्माण, ऊर्जा, खाद्य सुरक्षा, कृषिको व्यावसायिकरण, विद्यालय क्षेत्र सुधार लगायतका क्षेत्रकमा ठूलो रकम खर्च गरेको जनाएको छ।

    'अहिले खर्च बढेको छ। यसको निरन्तरता भविष्यका लागि चुनौती बनेको छ' एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले समीक्षा बैठकमा भने। एडिबीले रुख काट्ने, जग्गा अधिग्रहण गर्नेलगायतका क्षेत्रका अहिले पनि उस्तै समस्या रहेको जनाएको छ।

    एडिबीले सन् २०१९ मा उल्लेख्य खर्च भए पनि समग्रमा लक्ष्य अनुसारको काम हुन नसकेको जनाएको छ। खामुदखानोभले परियोजनाको ठेक्का समयमा नै लगाउन नसक्दा लक्ष्य हासिल गर्न कठिन भएको बताए। उनले समयमा निर्णय नहुँदा र सम्बन्धित परियोजना तथा अन्तरमन्त्रालय समन्वयको कमीले पनि वार्षिक लक्ष्य भेट्न नसकिएको जनाएको छ। एडिबीले सबैभन्दा बढी समय नै समन्वयनका नाम खर्चिनु परेको जनाएको छ।

    एडिबीले हालसम्म दुई अर्ब ९० करोड डलर (तीन खर्ब १९ अर्ब) बराबरको सहयोगको प्रतिबद्धता एवं सम्झौता गरिसकेको छ। त्योमध्ये ठेक्का र खर्चको अनुपात भने न्यून रहेको स्वीकारोक्ति रहेको छ।

    समीक्षा बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगानाले गत वर्षको भन्दा उल्लेखनीय भए पनि थप बढाउन आवश्यक रहेको बताए। उनले सरकारको तर्फबाट गरिनु पर्ने काम र समन्वयनमा समस्या नुहने प्रतिवद्धता समेत जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]