विश्व

कोरोना भाइरसले २०२० मा विश्वव्यापी वृद्धिलाई प्रभाव हुने : आइएमएफ

फागुन ४, २०७६

    चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) प्रमुखले आइतबार बताएकी छन्। तीव्र र द्रुतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाको संक्रमणको प्रभावबाट थप समस्या आउने उनले बताएकी हुन्।  

    दुबईमा विश्व महिला मञ्चमा सहभागी हुन आएकी आइएमएफका व्यवस्थापन निर्देशक क्रिश्टिलिना जर्जिएभाले भनिन्, 'आर्थिक वृद्धि दरमा कटौती हुनसक्ने यो दर करिब ०.१ देखि ०.२ प्रतिशतको अवस्थामा हुने तत्कालको अनुमान रहेको छ।'    

    करिब एक हजार ६०० व्यक्तिको ज्यान लिइसकेको कोभिड-१९ ले विश्व अर्थतन्त्रमा कति प्रभावित पार्नेछ अहिल्यै पूर्ण अनुमान गरिहाल्न सकिने अवस्था भने नभएको उनको तर्क थियो ।    

    जर्जिएभाले भनिन, 'म सबैसँग अनुरोध गर्छु कि अहिल्यै निष्कर्षमा नजाऔँ । अनिश्चितता अझै बाँकी छ। हामी परिदृश्यहरूसँगै काम गर्छौं अनुमानका भरमा मात्रै होइन। आगामी १० दिनमा मलाई सोध्नुहोस यसबारे स्वभाविक नतिजा भन्नुसकौँला।'    

    आइएमएफको जनवरीको प्रक्षेपणमा सन् २०२० का लागि आर्थिक वृद्धिदरको पूर्व अनुमानलाई सच्याउँदै ३.४ प्रतिशतको वृद्धि दरलाई ३.३ प्रतिशतमा झारेको थियो। सन् २०१९ मा आर्थिक वृद्धि दर २.९ प्रतिशत कायम भएपछि आइएमएफले आफ्नो अनुमानलाई पुनरावलोकन गरेको थियो।    

    विश्व अर्थतन्त्रमा यस दशककै सबैभन्दा कम वृद्धिदर सन् २०१९ मा कायम भएको थियो। महामारीको पूर्ण प्रभावको आंकलन गर्न ‘धेरै चाँडो’ भएको तर यसले पर्यटन र यातायातजस्ता क्षेत्रलाई प्रभावित गरिसकेको जर्जियाभाले स्वीकार गरिन्।

    उनले थपिन्, 'आर्थिक प्रक्षेपणलाई परिवर्तन गरिहाल्नु अहिल्यै कठिन छ किनकि हामीलाई यो भाइरसको प्रकृति के हो भनेर अझ राम्ररी थाहा छैन। हामीलाई थाहा छैन कि चीनले कत्ति छिटो यसलाई नियन्त्रणमा ल्याउने छ। यो बाँकी विश्वमा फैलिनेछ वा छैन हामीलाई अहिले थाहा छैन।'    

    चीनमा यसको नियन्त्रणमा ढिलाई भयो र विश्व यसबाट थप प्रभावित भयो भने पक्कै पनि वृद्धिदरमा तीब्र कटौती हुने उनको धारणा थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेसमेत पनि उपस्थित रहेको दुबई फोरममा उनले भनिन्, 'हामी अहिले कम उत्पादकता वृद्धि, कम आर्थिक बृद्धि, कम ब्याज दर र कम मुद्रास्फीतिमा अडिएका छौँ।'    

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]