राजनीति

'कांग्रेस कमण्डलु बोकेर उपसभामुख माग्‍न आएको होइन'

माघ १२, २०७६

    काठमाडौं : नेपाली कांग्रेसले आफ्नो तर्फबाट उपसभामुख पद नमागिएको स्पष्टीकरण दिएको छ। आइतवार दिउँसो प्रतिनिधि सभाका सभामुख निर्वाचन सुरु भएसँगै कांग्रेसले कसैसँग उपसभामुख पद नमागेको दाबी गरेको हो। 

    नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले उपसभामुख पद माग्‍न नेपाली कांग्रेस संसदमा कमाण्डलु लिएर नआउने प्रतिक्रिया दिएका छन्। सभामुख चयन प्रक्रियाबारे प्रमुख प्रतिपक्षी दलको तर्फबाट बोल्दै सांसद रिजालले यस्तो बताएका हुन्। 

    ‘सभामुख निर्वाचित गर्न नेकपासँग एथेष्ट मत रहेको छ। सभामुख पद नै तटस्थ हुनुपर्छ भनेर कांग्रेसले उम्मेदवारी नदिएको हो,’ उनले भने, ‘कांग्रेसले उपसभामुख पदमा 'बार्गेनिङ' गरेर सभामुखमा उम्मेदवारी नदिएको होइन। कांग्रेस कमाण्डलु लिएर उपसभामुख माग्‍न आउने छैन।’  

    उनले कांग्रेससँग सभामुख निर्वाचित गर्न मत पनि नरहेको बताउँदै भिख माग्‍न कमाण्डलु लिएर नआउने बताए। सांसद रिजालले सापकोटाले आफूलाई सभामुख पदमा अब्बल सावित गर्नुपर्ने चुनौती रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]