विश्व

टर्कीका पूर्वप्रधानमन्त्रीद्वारा नयाँ पार्टी गठन

मंसिर २८, २०७६

    टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी गठन गरेका छन्।

    हाल सत्तारूढ दल ‘जस्टीस एण्ड डेभ्लभमेन्ट (एकेपी) का अध्यक्षसमेत रहेका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासनसम्बन्धी कारबाही भएपछि उनले सो पार्टी परित्याग गरेका थिए।

    त्यसपछि हालै मात्र नयाँ पार्टी  खोलिएको उनले घोषणा गरेका हुन्। सो नयाँ पार्टीको नाम ‘फ्युचार’ रहेको डाभुटोग्लुले शुक्रबार घोषणा गरेका हुन्। “यो फ्युचार पार्टी देशकै फ्युचर हो, टर्कीकै भविष्य हो,” पार्टी घोषणा समारोहमा उनले भने।

     विरोध, आलोचना, डर र दबावकाबीच नयाँ पार्टी  घोषणा भएको पनि उनले बताए। देशलाई सुन्दरलाई बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन्। 

    पूर्वविदेशमन्त्रीसमेत रहेका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बनेका थिए। उनी टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अतिनिकटको सल्लाहकार पनि भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]