समाज

उदयपुर–खोटाङ जोड्न बेलिब्रिज निर्माण

मंसिर २५, २०७६

    उदयपुर : उदयपुरबाट खोटाङसम्म सडक यातायात जोड्नका लागि उदयपुरको फोक्सिङटारस्थित सुनकोसी नदीमा बेलिब्रिज लगाउने काम सुरु भएको छ।

    खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आपटार जोड्ने सुनकोसी नदीमा बेलिब्रिज जडान गर्ने काम धमाधम सुरु भएको छ। बेलिब्रिजको काम सकेसम्म मंसिर महिनामै सकेर सर्वसाधारण मानिसहरुलाई यात्राका लागि सहज बनाइने गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार सगरमाथा राजमार्गअन्र्तगत गाईघाट–दिक्तेल सडक खण्डको १०१ किलोमिटर सडक कालोपत्रे गर्ने काम पनि धमाधम भैरहेको बताए।

    रेग्मी सुगम आदित्य निर्माण सेवाले ६० लाख रुपैयाँमा बेलिब्रिज जडान गर्ने ठेग्गा लिएको हो। बेलिब्रिजका आवश्यक सामानहरु फोक्सिङटारमा लगिएको र धमाधम काम सुरु भइसकेको सडक डिभिजन कार्यालय गाईघाटका सूचना अधिकारी निज्जन श्रेष्ठले बताए। बेलिब्रिज बनेपछि उदयपुर–खोटाङका हजारौं यात्रुहरुले यात्रा गर्नै र सर्वसाधारणहरुलाई सहज हुने स्थानीयय होटेल व्यवसायी कुमार कार्की बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]