विश्व

तान्जेनियामा पाँच हजार ५०० कैदी जेलमुक्त

मंसिर २३, २०७६

    तान्सेनियाका राष्ट्रपति जोन मागुफुलीले सोमबार पाँच हजार ५०० कैदीलाई जेलमुक्त गर्न आदेश दिए। अत्यधिक भिडभाडयुक्त जेलमा रहेका कैदीहरूलाई उनले देशको स्वतन्त्रता दिवसको अवसरमा मुक्त गर्ने आदेश दिए।

    अत्यन्त लोकप्रिय राष्ट्रपति मागुफुलीले कैदीप्रति सहानुभूति देखाउन र कारागारमा भएको भिडभाड हटाउन यति धेरै कैदीलाई जेलमुक्तको घोषणा गरेको बताइएको छ। तान्जेनियाको राष्ट्रिय स्वतन्त्रता दिवसलाई विशेष बनाउनका लागि उनले सयौँ कैदीलाई आम माफी दिए।

    'जेलभित्रै रहेका बेला व्यवहारमा केही सुधार देखिएका कैदीलाई अहिले जेलमुक्त गरिएको हो। मलाई विश्वास छ की जेलमुक्त भएकाहरू आगामी दिनमा अझ बढी सुध्रिनेछन्,' उनले भने। यो आम माफीले कारागारहरूलाई व्यवस्थित बनाउन सजिलो गराउने विश्वास पनि उनले व्यक्त गरे। 

    राष्ट्रपति मागुफुली सन् २०१५ मा शक्तिमा आएका हुन्। उनी भ्रष्टाचार विरोधी लडाकू मानिन्छन्। तान्जेनियामा अहिले झण्डै ३६ हजार कैदीहरू विभिन्न कारागारमा रहेको सरकारी तथ्यांक छ। अधिकांशमा आधारभूत सेवा सुविधा पनि नरहेको बताउने गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]