अर्थ

'डिग्रे' मेलाबाट उठेको रकम पर्यटन प्रबर्द्धनमा

मंसिर ३, २०७६

    रुकुम : रुकुम पश्चिमको प्रशिद्ध धार्मिकस्थल 'डिग्रे मन्दिर' परिसरमा लाग्ने यस वर्षको मेलाबाट साढे १२ लाख रकम उठेको छ। मेलामा संकलन भएकाे सो रकम रुकुमको पर्यटन प्रवर्द्धन क्षेत्रमा नै खर्च गरिने मंगलबार डिग्रे मेला व्यवस्थापन समितिको बैठकमार्फत  जानकारी गराइएको छ। 

    मेलाको बिभिन्न गतिविधिमार्फत १२ लाख ४० हजार २२४ रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका सचिव चुडामणि गौतमले जानकारी दिए। उनका अनुसार उक्त रकम मन्दिरमा चढाएका बोकाको टोउकाको बिक्रीबाट ५ लाख ९५ हजार ५९५, भेटी संकलनबाट ५ लाख ९ हजार ६८४, स्टलबाट १ लाख ३३ हजार र यज्ञबाट १ हजार ८४५ रुपैयाँ संकलन भएको हो। 

    मन्दिरमा संकलन भएको चामलको यसमा हिसाब उल्लेख गरिएको छैन। करिब ४० हजार रुपैयाँ आसपासको चामल संकलन भए पनि हाल बिक्री नभएको कारण आम्दानीमा रकम उल्लेख नगरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ। 

    व्यवस्थापन समितिका अनुसार मेला व्यवस्थापन, मन्दिर रंगरोगन, बाटोमर्मत र धर्मशाला निर्माण लगायतका शीर्षकमा खर्च कटाएर ४ लाख ९७ हजार ४२५ रुपैयाँ बचत रहेको र उक्त रकम यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा खर्च गरिने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]