समाज

झापा कारागारमा फायर मेसिन जडान
SHARES

कात्तिक २२, २०७६

    भद्रपुर : आगलागीबाट हुने कैदी बन्दीको मानवीय दुर्घटनालाई लक्षित गरी झापा कारागार भद्रपुरमा पाँच वटा आगो नियन्त्रण गर्न रिजर्भ ट्याङ्की (फायर मेसिन) जडान गरिएको छ।

    झापा कारागारलाई यूएनएचसिआरले २५ केजी तीन वटा र १० केजीको दुई वटा गरी जम्मा पाँच वटा फायर मेसिन उपलब्ध गराएको हो  

    यूएनएचसिआरका प्रतिनिधि हेमकृष्ण श्रेष्ठले कारागारमा पुगेर कारागारका जेलर राजेन्द्र निरौला र चौकीदार मोहन धिताललाई सो मेसिन शुक्रवार हस्तान्तरण गरेका हुन्। सो पाँच वटा मेसिनको मूल्य एक लाख ५० हजार रहेको जनाइएको छ।

    कारागारमा रिजर्भ ट्याङ्कीसहितको फायर मेसिन प्राप्त भएलगतै महिला कारागारमा २५ केजीको एउटा, पुरुष कारागारभित्र २५ केजी दुई वटा र १० केजीको एउटा र कारागारको कार्यालयमा १० केजीको एउटा मेसिन जडान गरिसकेको जेलर निरौलाले जानकारी दिए। उनका अनुसार केही दिनअघि यूएनएचसिआर नेपालका प्रतिनिधि टोली कारागारको स्थलगत अनुगमनका लागि आएका थिए। सोही क्रममा यूएनएचसिआरसँग फायर मेसिनको प्रस्ताव राखेका थियो। सोहीअनुसार फायर मेसिन प्राप्त भएको उनले बताए।

    'कारागारमा क्षमता भन्दा चौगुना कैदीबन्दी रहेको छ', उनले भने, ‘आगो निभाउने यन्त्र नहुँदा कारागारभित्र विद्युतीय लाइन सर्ट, खाना पकाउने क्रममा आगलागी भई ठूलो दुर्घटना हुन सक्थ्यो, अब फायर मेसिनले केही भए पनि राहत दिन्छ।’ कारागारको सुधारका लागि आफू लागि परेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]