फिचर

रानीपोखरीको बालगोपालेश्वरमा बिहानैदेखि सुरु भयो भाइटीका

कात्तिक १२, २०७६

    काठमाडौंः दाजुभाइ दिदीबहिनी नहुनेहरूले आज बिहानैदेखि काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाउन सुरु गरेका छन्। बिहान ५ बजेदेखि रानीपोखरीमा टीका लगाउने कार्यक्रम सुरु भएको हो।

    बालगोपालेश्वर मन्दिरमा आएको धेरै वर्ष भइसकेको टीका लगाउन बसेको बिमला कपालीले बताइन्। यहाँ दाजुभाइ नभएका र दिदीबहिनी नभएका मानिसहरू टीका लगाउन आउने गरेको उनको भनाइ छ।

    यमपञ्चकको अन्तिम दिन आज आफ्ना दिदी बहिनीको हातबाट टीका लगाएर मनाइने चाड भए पनि सबैका दिदीबहिनी हुँदैनन् भने सबैका दाजुभाइ पनि हुँदैनन् उनीहरूको लागि पनि वैकल्पिक बनेको रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा टीकाको दिन सबैजना जम्मा भई टीका लगाउने प्रचलन रहेको छ।

    रानीपोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पका कारण भत्किएको र पुनर्निर्माण सम्पन्न नभइसकेकाले मन्दिरको मूर्ति बाहिरै टीका लगाइँदै छ। 

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]