राजनीति

आइपियू सम्मेलनमा भाग लिन अध्यक्ष तिमिल्सिना सर्भिया प्रस्थान
SHARES

असोज २६, २०७६

    काठमाडौं : अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४१ ‍औँ सम्मेलनमा सहगभी हुन संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्भिया प्रस्थान गरेका छन्।

    अध्यक्ष तिमिल्सिनाको साथमा संघीय संसदको एक प्रतिनिधिमण्डल आइतबार सर्भियाको बेलग्रेड प्रस्थान गरेको हो। प्रतिनिधिमण्डलका केही सदस्य भने शुक्रबार नै सर्भिया गइसकेका छन्। अध्यक्ष तिमिल्सिना भने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको कारण आजमात्र त्यसतर्फ प्रस्थान गरेका हुन्।

    आइपियूमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरू खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्यहरू देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज रहेका छन्। प्रतिनिधिमण्डलमा संघीय संसद सचिवालयका तर्फबाट महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी रहेका छन्।

    आइपियू सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    नेपाललगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य रहेको आइपियूको १४१ ‍औँ सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]