खेलकुद

महिला टि-ट्वान्टी क्रिकेटको बरियतामा नेपाल एक स्थान सुधार

असोज २६, २०७६

    काठमाडाैं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ। आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४ औँ स्थानमा उक्लिएको हो। 

    यसअघि आइसिसी बरियतामा नेपाल १५ औँ स्थानमा थियो। नयाँ बरियताअनुसार नेपालले १७ खेलबाट १२८ रेटिङ पाएको छ। नयाँ बरियतामा अष्ट्रेलिया पहिलो, इङ्ग्ल्याण्ड दोस्रो तथा न्युजिल्याण्ड, वेष्ट इण्डिज र भारत क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

    आइसिसीको टि–ट्वान्टी महिला खेलाडीको बरियतामा नेपालकी सीता राना मगर र नेरी थापा समावेश भएका छन्। नेपालकी उपकप्तान सीता अलराउण्डरतर्फ ५८औँ स्थानमा अटाएकी छन् भने ब्याटिङतर्फ उनी ८३ औँ स्थान रहेकी छिन्। बलिङतर्फ पूर्व कप्तान थापा ९२ औँ स्थानमा रहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]