समाज

जिप र बस ठोक्किँदा जिप चालकको मृत्यु
SHARES

असोज २६, २०७६

    तनहुँ : म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जिप र बस आइतबार बिहान ठोक्किँदा जिप चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी–१ का २१ वर्षीय रमेश थारु रहेको प्रहरीले जानकारी दिएको छ।

    बस र जिप एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका थारुको दमौलीमा उपचारको क्रममा आइतबार बिहान ८ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। प्रहरीका अनुसार सानो घुम्तीमा तीव्र गतिमा आएको दुवै सवारीसाधन एकापसमा ठोक्किएको हो।

    जिपको अगाडिको भाग पूर्ण रुपमा क्षति पुगेको छ। बस चालक घाइते भएकाले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। 

    नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस ठोक्किएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]