
ओमानमा जारी पाँच देशीय टी-२० श्रृंखलामा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ। बुधबार भएको तेस्रो खेलमा १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै १ सय ३२ रनमा समेटियो। नेपालका मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले लक्ष्य पूरा गर्न सकेन।
नेपालका लागि ओपनरद्वय पारस खड्का २५ र इशान पाण्डेले २२ रन बनाए। आरिफ शेखले सर्वाधिक २६ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १९ रन बनाए। तर, मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकको स्कोरसमेत बनाउन नसकेपछि नेपाल आयरल्याण्डसँग हार्न पुगेको हो।
आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धाति ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको थियो। नेपालका लागि करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई/दुई विकेट लिएका थिए। आयरल्याण्डका लागि पाउल स्ट्रेलिले ४७ बलमा ५९ रन लिए। एन्डी बालबेरियनले २८ बलमा ३८ रन लिए स्टट थम्सनले नटआउट २१ रन लिए। भन अन्यले दोहोरो अंक जोड्न सकेनन्।
नेपाललाई हराउँदै आयरल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले चार खेलबाट ६ अंक जोडेको छ। नेपाल २ खेलबाट ४ अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।