खेलकुद

जिम्बावेले जित्यो त्रिकोणात्मक सिरिज
SHARES

असोज १७, २०७६

    आयोजक सिंगापुरसहित नेपाल र जिम्बावे समिलित त्रिकोणात्मक सिरिज टेस्ट राष्ट्र जिम्बावेले जितेको छ। सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा बिहीबार राति भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले सिरिज जितेको हो।

    इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै टोनी मुन्योगाले ४४ रन बनाए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। सिंगापुरका लागि सुरेन्द्ररन चन्द्रमोहनले ६६ रनको अर्धशतकीय इनिंस् खेले। टिम डेभिडले ४७ रन बनाए। जिम्बावेका डेनील जिकेलले २ विकेट लिए।

    जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो। सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो। आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]