खेलकुद

नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने
SHARES

फाइल फोटो
असोज १५, २०७६

    काठमाडौं : नेपाली सेना पहिलोपटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ।

    नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागिएको औंपचारिक जानकारी गराएको हो। अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा यो वर्ष सो खेलुकद प्रतियोगिता चीनको यूहान प्रान्तमा आयोजना हुँदैछ।

    सो प्रतियोगितामा नेपाली सेनाले पनि पहिलो पटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारि दिए। खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने मुख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

    यो खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेल प्रदर्शन हुनेछन्। जसमा १०५ राष्ट्रका १० हजार ७१९ जना खेलाडी सहभागी हुने पनि महासेनानी रायमाझीले बताए।

    प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ। प्रतियोगिताको उद्घाटन सर्तमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]