समाज

मनास्लु चढ्ने क्रममा पोल्याण्डकी आरोहीको निधन
SHARES

असोज १२, २०७६

    कास्की : गोरखास्थित मनास्लु हिमाल आरोहणको क्रममा तेस्रो शिविर पुगेकी पोल्याण्डकी आरोहीको शनिबार मृत्यू भएको छ । ६०८६७०४ नम्बरको राहदानीवाहक  रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यू भएको हो। 

    जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीका अनुसार ५० वर्षीया उनी सेभेन सम्मिट ट्रेक्स प्रालिबाट मनास्लु आरोहणका लागि गएकी थिइन्।

    उनको शव अहिलेसम्म पनि तेस्रो शिविरमै रहेको सेभेन सम्मिटका मिङ्मार शेर्पाले जानकारी दिए। 'तेस्रो शिविरबाट शिखरतर्फ जाँदै गर्दा बिरामी हुनु भयो', उनले भने, 'शेर्पाहरुले तल शिविरतर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो। उनको टिममा १४ जना आरोही थिए।

सन्तोष अधिकारी

अधिकारी थाहा खबरका  पोखरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]