समाज

संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु
SHARES

भदौ ३, २०७६

    संखुवासभा : संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको छ। राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। 

    राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १ का संखुवासभा र झापा विवरण संकलन भइरहेको छ। 

    सदरमुकाममा विवरण संकलन कार्य सुरु भएको एक महिना बितिसक्दा पनि स्थानीय तहमा कर्मचारी खटाउन सकेको छैन। १० वटा स्थानिय तह रहेको संखुवासभामा असोजपछि मात्र काम थालिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सदरमुकाम खाँदबारीबाट हालसम्म ३८७ जनाको विवरण दर्ता भइसकेको वितरण शाखाकी प्रमुख जबेगुले जानकारी दिइन्। केन्द्रले असोजपछि मात्र थप कर्मचारी पठाउने भएकाले स्थानीय तहमा काम गर्न ढिलाइ भएको उनको भनाइ छ।

    विवरण संकलन भएको एक÷दुई महिनापछि मात्र केन्द्रबाट परिचय पत्र बनेर आउने बताइएको छ। अहिले जिल्ला प्रशसानमा नागरिकता बनाउन आउने सेवाग्राहीको मात्र विवरण संकलन भइरहेको छ। परिचयपत्र विवरण संकलनमा व्यक्तिको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दश औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्ने वितरण शाखा खाँदबारीकी प्रमुख जबेगुले जानकारी दिइन््। परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइ कागजको सक्कल आवश्यक पर्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]