समाज

पूर्वयुवराज पारस शाहले मागे माफी

भदौ ३, २०७६

    काठमाडौं :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ड्युटीमा रहेका प्रहरीविरुद्ध दूर्व्यवहार गरेको घटनामा पूर्वयुवराज पारस शाहले माफी मागेका छन् । 

    सोमबार बेलुका आफ्नो फेसबुकमा  स्टाटस लेख्दै भनेका छन्, ‘यो घटनासँग सम्बन्धित पक्षसँग म क्षमायाचना गर्न चाहन्छु।’ उनले पूर्वमहारानी कोमल शाहलाई चिकित्सकले क्यान्सरको शंका गरेको पनि उल्लेख गरेका छन्। कोमल बायोप्सी गराउन बैंकक जाँद थिइन्।

    उनले लेखका छन्, ‘मेरो आमा बायोप्सीका लागि बैंकक जाँदै हुनुहुन्थ्यो । आमाको स्वास्थ्यका कारण म तनावमा थिएँ। त्यो बेला एक प्रहरीले मेरो छोराको अनुहारमा डन्डा राखेको देखेँ।

    एक नेपाली हुनु र एक बाबु हुनुको नाताले आफ्नो छोरासँग भइरहेको त्यस्तो व्यवहार देखेर मैले आफूलाई रोक्न सकिनँ।सायद मेरो ठाउँमा अरु कोही भएको भए पनि त्यस्तै गथ्र्यो होला। तर पनि म सम्बन्धित पक्षसँग क्षमायाचना गर्न चाहन्छु र यस विषयमा नेपाली जनताले नै फैसला गर्ने छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]