अर्थ

घरेलु काममा जाने श्रमिकका सम्बन्धमा संसदीय समितिले बहुपक्षीय छलफल
SHARES

फाइल फाेटाे
साउन २९, २०७६

    काठमाडौं :  प्रतिनिधि सभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सम्बन्धमा बहुपक्षीय छलफल गर्ने भएको छ। समितिले मंगलबार बोलाएको बैठकमा बोल्ने धेरै सांसदहरुले बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सम्बन्धमा गृह तथा परराष्ट्र मन्त्रालय समेत जिम्मेवार हुनुपर्ने भनेर विषय उठाए पछि समितिले निर्णय नै गरेर बहुपक्षीय छलफल गर्न लागेको हो।

    समितिले श्रम मन्त्रालयसँगै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय मानव अधिकार आयोग,राष्ट्रिय महिला आयोग र संघीय संसद्को महिला समिति सहितको छलफल गर्ने भएको छ । घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने श्रमिकहरुको समस्या एकल नभएर बहुआयामिक भएको भन्दै बहुपक्षिय छलफल पछि मात्र निर्णय लिइने सभापति बिमल प्रसाद श्रीवास्तवले बताए ।

    नेपाल सरकारले खाडी लगायतका मुलुकमा  घरेलु कामदारका रुपमा काम गर्न जान यहि संसदीय समितिले रोकेको पनि लामो समय भैसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै मन्त्री गोकर्ण विष्टले घरेलुकाममा रहेकाहरुलाई पुनः श्रम स्वीकृति दिने तयारी गरेपनि संसदीय समितिले वन्देज लगाएका कारण आफ्नो निर्णय कार्यान्वयन गर्न सकेका छैन्। 

     समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण बिष्टलाई बोलाए पनि अनुपस्थित भए पछि सदस्यहरुले असन्तुष्टि ब्यक्त गरे।  समितिको छलफलमा आउनु भएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बैधानिक बाटोबाट गएका र सम्मानपुर्वक काम गरिरहेका श्रमिकलाई मात्र भए पनि घर आउने बाटो खोल्नु पर्ने आवश्यकता रहेको बताए ।

    संसदीय समितिको निर्णयले बैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले आफ्नो परिवार सँग भेटघाट गर्न पाउने उनीहरुको अधिकार हनन भइरहेको भन्दै परिवारका आफन्तहरुले निर्णय सच्याउन माग गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]