राजनीति

सभापति पोखरेल भन्छन् – मानवअधिकार आयोगलाई कमजोर गर्ने विधेयक आएको छैन (भिडियो)
SHARES

'मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ'

फाइल फोटो
जेठ १०, २०७६

    काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मानवअधिकार आयोगलाई कमजोर बनाउने मनसायसहित सरकारले विधेयक नल्याएको बताएका छन्।

    मानवअधिकार आयोगको स्वात्ततालाई कमजोर बनाउने र सरकार मातहतको निकाय जस्तो संरचना मात्रै राख्ने किसिमका प्रावधानसहित सरकारले मानवअधिकार आयोग सम्बन्धी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेका बेला सभापति पोखरेलले विधेयकको बचाउ गरेका हुन। उक्त विधेयक दफावार छलफलका लागि पोखरेल नेतृत्वको समितिमा जानेछ।

    समिति सभापति पोखरेलले शुक्रबार अन्तर्राष्ट्रिय मूल्य मान्यता, अन्तर्राष्ट्रिय अभिसन्धी र संविधानमा व्यवस्था भए अनुसारकै विधेयक आउनेमा विश्वस्त हुन आग्रह गरेका थिए। संविधानले नै मुद्दाको अभियोजन गर्ने अन्तिम अधिकारी महान्यायाधिवक्तालाई तोकेकाले त्यहीँ व्यवस्था विधेयकमा गरिएको भन्दै आयोगले मानवअधिकार उलंघनका घटनामा दोषी किटान गरी कारवाहीको सिफारिस गर्न सक्ने उनले बताए।

    सभापति पोखरेलले आफ्नो समितिले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गर्ने पनि बताए। उनले केही प्राविधिक विषयमा विवाद रहेको भन्दै त्यसमा सुधार हुने धारणा राखेका थिए।

    भिडियोः

    अर्को सन्दर्भमा पोखरेलले अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरूको जगमा मिडिया काउन्सिल विधेयक ल्याइने धारणा राखे। नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि मिडिया काउन्सिल विधेयकमा संशोधन हुने बताइसकेकाले त्यसमा सुधार हुने बताए।

    प्रेसमाथि नियन्त्रण गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याइएको तथा र मानवअधिकार आयोगलाई सरकार मातहतको निकाय बनाउने गरी मानवअधिकार आयोग विधेयक ल्याइएको भन्दै सरकारको चौतर्फी विरोध हुदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]