खेलकुद

आयोजकलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी दुहवी गोल्डकपको सेमिफाइनलमा
SHARES

मंसिर २५, २०७४
    • अर्जुन सुवेदी-

    सुनसरीः आयोजकलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। 

    स्थानीय दुहवी रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वार्टर फाइनलमा मनाङले आयोजक एलेभेन एरोज क्लबलाई ५–२ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। 

    मनाङका तर्फवाट अनिल गुरुङ, प्याट्रिक र विशाल राईले १–१ गोल गर्दा सुजल श्रेष्ठ एक्लैले २ गोल गर्न भ्याए। मनाङसँग कमजोर देखिएको आयोजक एलेभेन एरोजका तर्फबाट बुद्धिमान राई र निशान लिम्बुले १–१ गोल गरे। 

    खेलका म्यान अफ द म्याच विजयी मनाङका सुजल श्रेष्ठ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाए। 

    मंगलबारको अन्तिम क्वार्टर फाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौं र रूपन्देही ११ बीच हुने आयोजकले जनाएको छ। 

    बंगलादेशको मिरपुर क्लब ढाका अन्तिम समयमा आएर प्रतियोगितामा सहभागिता नहुने जनाएपछि हिमालयन शेर्पालाई सहभागी गराइएको सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष दिलीप राईले जानकारी दिए। 

    पुस १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ। विजेताले चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]