राजनीति

वाम गठबन्धन नेपालको आवश्यकता हो : प्रवक्ता भुसाल
SHARES

असोज २७, २०७४

    काठमाडौं : नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले वाम गठबन्धन विदेशीको इसारामा नबनेको बताएकी छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार  कार्यक्रममा वाम गठबन्धन नेपालका वामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँदै निर्माण गरेको र विदेशीको इसारामा नबनेको बताइन्।

    उनले निर्वाचनलाई लक्ष्य गरेर बनेको वाम गठबन्धनमा आबद्ध भएका राजनीतिक दलहरुले आ-आफ्नो चुनाव चिह्न लिएर चुनावमा जानेसमेत प्रस्ट्याइन्। वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पार्टीले निर्वाचनअघि सरकार नछाड्ने उनले बताइन्।

    तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उनले वाम गठबन्धनमा निर्वाचन क्षेत्रका विषयलाई लिएर बाहिर आएको हल्ला जस्तो नभई छलफल जारी रहेको बताइन्। उनले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाबारे उठेका प्रश्नमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफलसमेत रहेको बताइन्।

    उनले देशमा अब वामपन्थी र प्रजातान्त्रिक शक्ति गरी दुई पक्ष मात्र हुने भन्दै अबको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई मत ल्याएर देशलाई आर्थिक सम्बृद्धि र स्थिर सरकार बन्ने बताए।

    आफ्नो पार्टीले विगतदेखि नै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको विषयमा आवाज उठाउँदै आएको र निर्वाचनपश्चात दुई तिहाई मत प्राप्तसँगै त्यसले समेत पूणता पाउने बताइन्। वर्तमान सरकार नेपालका दुई छिमेकीसँग सफल कूटनीतिक पाटो निर्वाह गरिरहेको उनले बताइन्। केही दिनअघि राजधानीमा भएको हत्या प्रकरण उनले निन्दनीय भएको बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]