समाज : सुरक्षा/अपराध

१५ किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ
SHARES

असोज २६, २०७४
    • सुनिता बराल-

    महोत्तरीः महोत्तरीको मनराबाट १५ किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। इस्टकोटमा लुकाएर उक्त परिमाणको चाँदी नेपालबाट भारत लाँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

    मनरा सिसवा नगरपालिका– ४ बाट भारतको बिहार जिल्ला सितामढी बेला प्रखण्ड परिहार सिर्सिया– १३ का २९ वर्षका मुकेशकुमार महतो सुडी पक्राउ परेका प्रहरीले जनाएको छ।

    शंका लागेपछि प्रहरीले खानतलासी गर्दा उनको साथबाट ठूलो परिमाणमा चाँदी फेलापरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए।

    सुडीबाट बरामद भएको चाँदी १० लाख नौ हजार ५१६ रुपैयाँको रहेको प्रहरीले जनाएको छ। कपडाको इस्टकोटभित्र ससाना खल्ती बनाएर चाँदीको साना प्याकेट बनाएर भारत लाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो। इस्टकोटमा चाँदी तस्करीको नयाँ तरिका फेला परेको प्रहरीले जनाएको छ।

    चाँदीको दानाहरूसहित पक्राउ परेका सुडीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाउने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]