राजनीति

मधेस समता पार्टी एमालेमा समायोजित, सीमा रक्षक यादव एमाले प्रवेश
SHARES

असोज २६, २०७४

    काठमाडौं : मधेस समता पार्टी नेकपा एमालेका समायोजित भएको छ। पार्टीका अध्यक्ष सांसद तथा पूर्व उद्योग राज्यमन्त्री मेघराज निषाद सहित सिंङ्गो पार्टी बिहीबार एमालेमा समायोजन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एमाले संसदीय दलको कार्यालयमा पार्टी प्रवेश गराएका हुन्।

    यसै गरी सीमारक्षक सप्तरी तिलाठीका देवनारायण यादव पनि एमालेमा प्रवेश गरेका छन्। उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य थिए। उनी कांग्रेसबाट जिल्ला विकास समितिको निर्वाचित पूर्व सदस्य हुन्। उनले एमालेमा निशर्त प्रवेश गरेको र आफू बाँच्दासम्म सिमा रक्षा गरिरहने बताए।

    केही दिनअघि उनलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर एक हप्तापछि छुटेका थिए। 'भारतीय दूतावासबाट मलाई बारम्बार फोन आउँछ। त्यहाँ गएर महामहिमलाई भेट भनेर। मेरो बाँच्ने केही टुङ्गो छैन। कहिले मार्छन् मलाई थाहा छैन। तर म जान्न। मलाई मारे मारुन्। म बाँच्दासम्म मेरो देशको सीमा रक्षा गर्न छाड्दिन्' बिहीबार आयोजित कार्यक्रममा उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]