साहित्य

झापामा गरियो 'त्यसपछि फुलेन गोदावरी'माथि परिचर्चा
SHARES

असोज २५, २०७४

    दमक: साहित्यकार तथा समालोचक महेश पौड्यालको पछिल्लो कथासंग्रह ‘त्यसपछि फुलेन गोदावारी’माथि बुधबार झापाको दमकमा परिचर्चा गरिएको छ।

    दमकमा रहेको 'सिधा रचना वाचन'को आयोजनामा भएको कार्यक्रममा पौड्यालको कथासंग्रह ‘त्यसपछि फुलेन गोदावारी’माथि परिचर्चा गरिएको हो। उनका कथामाथि समालोचक धनञ्जय बास्कोटा, बिन्दु दाहाल मुकदर्शक र प्रकाश बुढाथोकीले टिप्पणी गरेका थिए।

    २० वटा सामाजिक कथा संकलित  उक्त कथासंग्रहमाथि चर्चा गर्दै समालोचक बास्कोटाले कथासंग्रह धेरै नारीवादी भएको बताए। उनले कतिपय विषयवस्तु महिला पात्रले बोल्नुपर्नेमा पनि पुरुषले बोलेको बताए। उनले भने, ‘कतिपय पात्रमा महिलाले बोल्नुपर्ने वाक्यहरू पुरुषले बोलेका छन्, यसकारण धेरै नारीवादी देखिन्छ, तर यो कथासंग्रह नेपाली साहित्य क्षेत्रमा आवश्यक संग्रह हो।’

    कार्यक्रममा दाहालले पुस्तकमा कतैकतै भाषिक शुद्धतामा ध्यान दिनुपर्ने बताए। उनले भने, ‘कथासंग्रहभित्रका प्राय: सबै कथा सामाजिक परिवेशका छन्, समग्रमा धेरै राम्रो छ तर कहीँकहीँ भाषिक शुद्धतामा ध्यान दिनुपर्ने देखिन्छ।’

    कथासंग्रहमाथि चर्चा गर्दै साहित्यकार बुढाथोकीले संग्रहमा संकलित कथामा नेपाली समाजको चित्रण भएको बताए। उनले नेपाली साहत्यिमा यस्ता कथासंग्रह आवश्यक रहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]