अर्थ

उमाशिपका तत्कालीन सहसचिव बाराकोटीले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर
SHARES

३ करोड २० लाख रुपैयाँ र कैद सजायसहित आरोपपत्र दायर

असोज २५, २०७४

    काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्चमाध्यमिक शिक्षा परिषदका तत्कालीन सहसचिव देवीप्रसाद बाराकोटीले पदमा रहँदा दुई करोड रुपैयाँभन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ।

    आयोगलाई परेको उजुरीको आधारमा गरिएको अनुसन्धानमा पदमा रहँदा अकुत सम्पत्ति कमाएको पाइएपछि भ्रष्टाचार निवारण एेन, २०१७ बमोजिम बुधबार आरोपपत्र दायर गरेको हो। बाराकोटीलाई तीन करोड २० लाख ७४ हजार १४९ रुपैयाँ विगोसहित कैद सजायको माग गरिएको छ।

    त्यस्तै, बाराकोटीले अकुत रूपमा कमाएको सम्पत्ति श्रीमती प्रमिला उप्रेतीको नाममा लुकाएको अख्तियारको दाबी छ। भ्रष्टाचार निवारण एेन, २०५९ बमोजिम प्रमिला उप्रेतीलाई समेत प्रतिवादीमा राखेर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो।

    बाराकोटीलाई अख्तियारले पदमा रहँदा घुस लिँदालिँदै रंगेहात पक्राउसमेत गरेको थियो। अख्तियारले बाराकोटी र उनकी श्रीमतीको नाममा रहेको चल अचल सम्पत्ति जफत गर्नसमेत माग गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]