अर्थ

पुनर्निर्माण प्राधिकरणका सीईओले भने- महानगरपालिकासँग धरहरा बनाउने क्षमता छैन, हामी बनाउछौं
SHARES

धरहराको नक्शा
असोज २४, २०७४

    काठमाडौं : भूकम्पले ध्वस्त बनाएको साढे दुई वर्षपछि धरहरा पुनर्निर्माणको काम राष्ट्रिय पुननिर्माण प्राधिकरण आफैले गर्ने तयारी गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले धरहरा पुनर्निर्माणको काम प्राधिकरण आफैले गर्नुपर्ने अवस्था आएको बताए।

    उनले धरहरा पुनर्निर्माणको काम गर्ने दावी गर्दै आएको काठमाडौं महानगरपालिकाको क्षमतानै नभएको दावी समेत गरे। धरहरा पुनर्निर्माणबारे छलफल गर्न मंगलबार आयोजित सरोकारवाला निकायबीचको अन्तर्क्रियामा उनले धरहरा पुनर्निर्माणका लागि सरोकारवाला निकायहरुसँग क्षमता नभएको कुरालाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे।

    धरहरा पुनर्निर्माण गर्न पुरातत्व विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायले चासो दिँदै आएका छन्। तर ती सबै निकायले धरहरा बनाउने सोच बनाए पनि उनीहरुसँग सो काम पूरा गर्ने क्षमता नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निश्कर्ष छ।

    प्राधिकरणले धरहरा निर्माणका लागि सरोकारवाला निकायहरुबीच एक्सन कमिटी बनाउने र त्यसको विस्तृत डिजाइन गर्ने काम भने कुनै कन्सल्टयान्ट (परामर्शदाता कम्पनी) लाई दिने योजना समेत बनाएको छ। धरहराको पुनर्निर्माण कसलाई दिने भन्ने सम्बन्धमा तयार पारेको प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन छ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले धरहरा पुनर्निर्माणको काम आफैले गर्ने वा कसलाई दिने भन्ने निर्णय गर्ने काम प्राधिकरण आफैको भएको पनि प्रस्तावमा उल्लेख गरिएको स्पष्ट पारे। भूकम्प गएको साढे २ वर्ष बित्दा समेत विश्व सम्पदा सूचीमा सूचीकृत धरहराको पुनर्निर्माणको काम सुरु नभएकोमा सर्वत्र आलोचना हुँदै आएको छ। केपी ओली नेतृत्वको सरकारले ‘मेरो धरहरा म आफै बनाउँछु’ भन्ने अभियान सुरु गरे पनि त्यसले अझै ठोस आकार लिन सकेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]