खेलकुद

जब ब्राजिली खेलाडीहरुले ड्रेसिङ रुममै लिए अक्सिजन
SHARES

असोज २०, २०७४

    एजेन्सी : आगामी वर्ष हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाबाट ब्राजिल छनोट भइसकेको छ। ब्राजिलले अन्तिम खेल खेल्नुअघि १७ खेलबाट ३८ अंक बटुलेको छ। दोस्रो स्थानमा रहेको उरुग्वेभन्दा ब्राजिल १० अंकले अघि छ। अन्तिम खेलमा जे जस्तो नतिजा आएपनि ब्राजिल शीर्ष स्थानमै रहेर विश्वकपमा छनोट हुनेछ।

    तर पनि ब्राजिलले शुक्रबार बिहान बोलिभिया विरुद्धको खेलमा भने अपेक्षा गरेजस्तो नतिजा निकाल्न सकेन। ५ पटकको विश्व विजेता ब्राजिल बोलिभियासँग गोलरहित बराबरीमै रोकियो।

    खेलपछि ब्राजिलका कप्तान नेमारले संसारकै सबैभन्दा उचाईमा रहेको राजधानीमा खेल्न कठिन भएको प्रतिक्रिया दिए। उनले यसरी खेल्नु मानविय नभएको प्रतिक्रिया दिए।

    बोलिभियाको प्रशासनिक राजधानी शहर ला पाज समून्द्री सतहबाट ३ हजार ६ सय ५० मिटर उचाईमा छ। यो शहरलाई संसारकै सबैभन्दा अग्लो राजधानी भनिन्छ।

    त्यसैले बोलिभियाको राजधानी भ्रमण फुटबलरहरुका लागि सधैं चुनौतीपूर्ण मानिन्छ। यति अग्लो ठाउँमा खेल्नुपर्दा ब्राजिली खेलाडीहरुले अक्सिजनको कमीका कारण निकै गाह्रो महसुस गरेका थिए। उनीहरुले ड्रेसिङ रुममा अक्सिजन लिइरहेको फोटो नेमारले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत शेयर गरेका छन्।

    ब्राजिलले विश्वकप छनोटको अन्तिम खेलमा मंगलबार चिलीसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]