|

काठमाडौं : नेपाली बजारमा सुनको भाउ पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको हो।

सोमबार प्रतितोला ९३ हजार ३०० रुपैयाँले कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ९४ हजार २०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँ बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको भाउ पनि केही बढेको छ। चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार १७५ रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.