|

काठमाडौं : चीनले नेपालसँग जोडिएको सीमामा कुनै पनि विवाद नरहेको जनाएको छ। 

हुम्लामा रहेको नेपाली भूभागमा चीनले घरहरु निर्माण गरेको भन्ने समाचार आएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो।  मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ्ग सियालोङ्गले चीनले नेपालको भौगोलिक अखण्डताको सधै सम्मान गर्ने बताएका हुन्।  

समाचारमा भएका घरहरु चीनतर्फका भू–भागमा पर्ने बताँएदै प्रवक्ता वाङ्गले नेपाली पक्षद्वारा उक्त क्षेत्रको पुनःअवलोकन र प्रमाणीकरण गर्न चिनियाँ सरकार तयार रहेको बताएका छन्। 

नेपाल र चीनबीच सीमाका विषयलाई लिएर कुनै विवाद नरहेको जानकारी दिँदै प्रवक्ता वाङ्गले सीमा व्यवस्थापनमा दुई देश निरन्तर सम्पर्कमा रहेको पनि उल्लेख गरेका छन्। 

नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.