कोभिड-१९ {अपडेट}

डोटीमा नेपाली सेनाका ४० जनालाई कोरोना संक्रमण

भदौ ३१, २०७७

    डडेल्धुरा : डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँ कार्यरत ४० नेपाली सेनामा संक्रमण देखिएको हो।

    दिपायल सिलगढी नगरपालिका-४ सुल्लेकस्थित नेपाली सेनाको गुरु बक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए।

    यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमित सबै जनाको स्वास्थ अवस्था सामान्य रहेको छ।

    हालसम्म डोटी जिल्लामा एक हजार २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या १०१ जना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]