कोभिड-१९ {अपडेट}

गण्डकीमा थपिए आठजना कोरोना संक्रमित

साउन २७, २०७७

    पर्वत : गण्डकी प्रदेशमा मंगलबार बिहान तीन जिल्लाका आठजनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या एक हजार ६३१ पुगेको छ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदविन्दु शर्माले क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको बताएका छन्। 

    मंगलबार थपिएका संक्रमितहरु बागलुङको बागलुङ नगरपालिका–४ की २२ वर्षीय महिला र वडा नम्बर ३ का ३९ वर्षीय पुरुष रहेका छन्। यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका–६ का १९ र वडा नम्बर ३ का २९ वर्षीय पुरुष तथा कास्कीको पोखरा महानगरपालिका–५ का ११ वर्षीय पुरुष र ३८ वर्षीया महिला, वडा नम्बर ३० का ३० वर्षीय पुरुष र वडा नम्बर १७ की ४५ वर्षीया महिलामा संक्रमण रहेको पाइएको छ।

    पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसनहरूमा सार्ने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]